आज शुक्रवार : सन्तोषी माताको व्रतले पुर्याउँछ मनोकामना
आज शुक्रवार : सन्तोषी माताको व्रतले पुर्याउँछ मनोकामना, यसरी गर्नुहोस् पूजा
Chiranjivi Bhandari
साउन ९ गते शुक्रवार – हिन्दू धर्ममा सातै बार फरक–फरक देवी–देवताको पूजा गर्ने परम्परा छ। तीमध्ये शुक्रवारको दिन विशेष गरी सन्तोषी माताको पूजा गरिन्छ। विशेषगरी महिलाहरूले यो व्रत गरी धन, सौभाग्य र मनोकामना प्राप्तिको कामना गर्ने गर्दछन्। सन्तोषी माता भगवान गणेशकी पुत्री तथा रिद्धि–सिद्धिका स्वरूप मानिन्छिन्। धार्मिक विश्वासअनुसार, सन्तोषी माताको व्रत गरे शारीरिक, मानसिक र आर्थिक समस्या हट्छन् भने पारिवारिक सुख–शान्ति र समृद्धि प्राप्त हुन्छ। व्रतको विधि यसरी पालना गर्नुहोस् बिहानै उठेर घर सरसफाइ गरी गंगाजल छर्किएर शुद्ध पार्ने। स्नानपछि स्वच्छ पहेँलो वस्त्र लगाएर सन्तोषी माताको मूर्ति वा तस्बिरको अगाडि






