


काठमाण्डौ १६ साउन । नगरप्रमुख तामाङको दृढ पहल र सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै,“कृषि, पर्यटन, पूर्वधार र जलधार समृद्ध मेलम्चीको आधार” भन्ने नारालाई आत्मसात गर्दै मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढेको छ। नगर प्रमुख श्री आइतमान तामाङज्यूको दृढ पहल र सक्रिय नेतृत्वले पछिल्ला समय नगरको सामाजिक आर्थिक मुहार फरक रुपमै परिर्वतन हुन थालेको छ।

प्रमुख तामाङले काठमाडौ र मेलम्ची ९ को दुर्गम गाउँ गुफा मुलखर्क र ओख्रेनी बीचको पहुँच सहज बनाउन गरिएको मेलम्ची ज्यामिरे गुफाडाँडा सडक सुधार र नियमित यातायात संचालनले बस्तीहरूलाई बजार र सेवा केन्द्रसँग जोड्न महत्वपूर्ण भूमिका खेलेका, ग्रामीण जीवनयापनलाई सहज बनाउँदा कृषकहरूलाई उत्पादन बजारसम्म पुर्याउन सजिलो भएको र आयमा सकारात्मक प्रभाव परेको बताउनु भयो।

पर्यटन प्रवर्द्वनमा नगरले ऐतिहासिक मार्ग, प्राकृतिक जलधार र सांस्कृतिक थलोहरूलाई व्यवस्थित गर्दै आकर्षक गन्तव्यका रुपमा विकास गर्ने योजना पनि अघि सारेको छ। साना होमस्टे, गाइड तालिम र स्थानीय उत्पादन प्रमोट गर्ने पहलले बेरोजगारी घटाउन र समुदायमा रोजगारी सृजना गर्न सहयोग पुर्याउने उद्देश्यका साथ कोशेली घरको समेत स्थापना गरेको छ।








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution