• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
२० भाद्र २०८३, शनिबार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

१ हफ्ता अघि
२

रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

१ हफ्ता अघि
३

गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

१ हफ्ता अघि
४

थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

२ हफ्ता अघि
६

सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

३ हफ्ता अघि
७

नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

१ महिना अघि
८

मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

१ महिना अघि
९

मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

१ महिना अघि
१०

एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

१ महिना अघि
११

गृहमन्त्री गुरुङ द्वारा जिल्ला प्रहरी कार्यालय,मोरङको निरीक्षण कार्य सम्पन्न

२ महिना अघि
१२

सावधान : यस्ता व्यक्तिहरुको लागि नरिवल पानी पिउनु हुन सक्छ घातक

२ महिना अघि

धेरै पढिएका

  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने

    १ हफ्ता अघि
  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा

    १ हफ्ता अघि
  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित

    १ हफ्ता अघि
  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न

    २ हफ्ता अघि
  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक

    २ हफ्ता अघि
  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    ३ हफ्ता अघि
  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित

    १ महिना अघि
  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न

    १ महिना अघि
  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड

    १ महिना अघि
  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।

    १ महिना अघि
  • सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न

    CB Nepal३ हफ्ता अघि

    काठमाडौं, ३० साउन । नेपाल संस्कृत विश्वविद्यालयद्वारा परिमार्जित नयाँ पाठ्यक्रमलाई आधार बनाएर सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ नामक महत्वपूर्ण ग्रन्थको भव्य समारोहबीच लोकार्पण गरिएको छ । पाणिनीयशिक्षा, व्याकरणशास्त्रको इतिहास, संस्कृत भाषाविज्ञान तथा तुलनासिद्धान्तजस्ता विषयलाई समेटिएको उक्त ग्रन्थलाई संस्कृत व्याकरण तथा भाषाविज्ञानको अध्ययन–अध्यापनका क्षेत्रमा उपयोगी र महत्त्वपूर्ण कृतिका रूपमा प्रस्तुत गरिएको छ ।

    नेपाल संस्कृत विश्वविद्यालयको व्याकरण विषय समितिको आयोजनामा २०८३ श्रावण २९ गते शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठको सभाकक्षमा आयोजित विशेष समारोहमा सन्त समाज, नेपालका अध्यक्ष तथा देवघाटधामस्थित हरिहर सन्न्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले ग्रन्थको लोकार्पण गर्नुभएको हो ।

    समारोहको सभापतित्व नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत व्याकरण विषय समितिका अध्यक्ष प्रा. भीमप्रसाद कण्डेलले गर्नुभएको थियो । कार्यक्रममा भाषाविज्ञान तथा व्याकरण क्षेत्रका विशिष्ट विद्वान् प्रा.डा. माधवप्रसाद पोख्रेल, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. अच्युतप्रसाद लामिछाने, पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।
    समारोहमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. धनेश्वर नेपाल, परीक्षा नियन्त्रक सहप्रा. मुरलीधर दाहाल, पूर्व परीक्षा नियन्त्रक प्रा.डा. विष्णुप्रसाद शर्मा देवकोटा, नेसंवि अनुसन्धान केन्द्रका पूर्वनिर्देशक प्रा.डा. विष्णुप्रसाद दहाललगायत विश्वविद्यालयका विभिन्न विषय समितिका अध्यक्षहरू तथा वाल्मीकि विद्यापीठका विभिन्न विभागका विभागाध्यक्षहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

    त्यसैगरी अनुसन्धान व्यवस्थापन एकाइ, वाल्मीकि विद्यापीठका संयोजक सहप्रा. डा. गणेशप्रसाद घिमिरे, नेसंवि प्राध्यापक सङ्घका पूर्वअध्यक्ष प्रा.डा. शान्तिकृष्‍ण अधिकारी, प्रा. शम्भुराज गौतम, त्रिभुवन विश्वविद्यालयका सहप्रा. डा. विष्णुप्रसाद पोख्रेल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सहप्रा. श्यामसुन्दर ढकाल, वाल्मीकि विद्यापीठका लेखाप्रमुख श्री रमेशकुमार जोशी तथा प्रशासन प्रमुख श्री कृष्णप्रसाद निरौलालगायतको उपस्थिति थियो ।

    कार्यक्रममा करिब १५० भन्दा बढी प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा संस्कृतप्रेमीहरूको सहभागिता रहेको आयोजकले जनाएका छन् । कार्यक्रमको उद्घोषण वाल्मीकि विद्यापीठका उपप्रा. उपेन्द्र दाहालले गर्नुभएको थियो ।
    समारोहको प्रारम्भमा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. अच्युतप्रसाद लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसपछि प्रमुख अतिथि, सभाध्यक्ष तथा अतिथिहरूबाट दीपप्रज्ज्वलन तथा सरस्वतीको तस्वीरमा माल्यार्पण गरिएको थियो । सहप्रा. डा. नारायणप्रसाद पौडेल, उपप्रा. डा. रामप्रसाद पौडेल र उपप्रा. डा. वैकुण्ठ घिमिरेले स्वस्तिवाचन गर्नुभएको थियो ।

    व्याकरण र भाषाविज्ञान अध्ययनका लागि उपयोगी कृति
    लोकार्पित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थमा पाणिनीय शिक्षादेखि व्याकरणशास्त्रको ऐतिहासिक विकास, संस्कृत भाषाको वैज्ञानिक अध्ययन तथा भाषाहरूबीचको तुलनात्मक अध्ययनसँग सम्बन्धित विषयवस्तु समेटिएको छ । नेपाल संस्कृत विश्वविद्यालयले परिमार्जन गरेको पाठ्यक्रमलाई आधार बनाएर तयार पारिएको भएकाले यो ग्रन्थ विश्वविद्यालय तहमा संस्कृत व्याकरण तथा भाषाविज्ञान अध्ययन गर्ने विद्यार्थीका लागि विशेष उपयोगी हुने अपेक्षा गरिएको छ ।

    ग्रन्थको समीक्षाका क्रममा सहप्रा. डा. केशवशरण अर्याल र प्रा.डा. जीवन अधिकारीले कृतिको विषयवस्तु, संरचना, उपयोगिता तथा शास्त्रीय पक्षमाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो । डा. अर्याल वाल्मीकि विद्यापीठको न्याय विभागका सदस्य तथा प्रा.डा. अधिकारी नेपाल संस्कृत विश्वविद्यालयको अनिवार्य संस्कृत विषय समितिका अध्यक्ष हुनुहुन्छ ।
    कार्यक्रममा भाषाविद् तथा व्याकरणविद् प्रा.डा. माधवप्रसाद पोख्रेलले शुभकामना मन्तव्य व्यक्त गर्दै ग्रन्थको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो । उहाँले संस्कृत व्याकरण र भाषाविज्ञानका विषयलाई समसामयिक अध्ययनको दृष्टिकोणसँग जोडेर प्रस्तुत गर्ने यस्ता कृतिले संस्कृत अध्ययनलाई थप अनुसन्धानमुखी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभएको थियो ।

    समारोहका प्रमुख अतिथि श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले आशीर्वचन प्रदान गर्दै संस्कृत भाषा, व्याकरण र शास्त्रीय ज्ञानको संरक्षण तथा सम्वर्द्धनमा यस्ता अनुसन्धानमूलक कृतिको विशेष भूमिका रहने बताउनुभएको थियो ।
    ग्रन्थकार सहप्रा.डा. प्रकाश तिवारीले धन्यवाद ज्ञापन गर्दै ग्रन्थ तयार पार्ने क्रममा सहयोग गर्ने नेपाल संस्कृत विश्वविद्यालय, व्याकरण विषय समिति, विद्वान्, समीक्षक, सहकर्मी, सहभागी विद्वद्गण तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभएको थियो ।
    समारोहको समापन सभाध्यक्ष प्रा. भीमप्रसाद कण्डेलले गर्नुभएको थियो । कार्यक्रमपछि सहभागीहरूबीच सामूहिक तस्वीरसमेत खिचिएको थियो ।

    संस्कृत व्याकरण, पाणिनीय परम्परा र भाषाविज्ञानका विषयलाई एकै कृतिमा समेट्दै विश्वविद्यालयको परिमार्जित पाठ्यक्रमसँग प्रत्यक्ष सम्बन्ध स्थापित गरेको ‘शब्दशास्त्रविज्ञानम्’ले संस्कृत अध्ययन–अध्यापन तथा अनुसन्धानका क्षेत्रमा नयाँ सन्दर्भ सामग्रीका रूपमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
  • रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
  • गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
  • थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहतका लागि मेलम्ची नगरपालिकाले आर्थिक सहयोग गर्ने
    १ हफ्ता अघि

  • २

    रसुवाको भोटेकोशी बाढी पीडितका लागि एटलान्टाबाट सी.के. पराजुलीद्वारा १ लाख रुपैयाँ सहयोगको घोषणा
    १ हफ्ता अघि

  • ३

    गीतकार/ साहित्यकार कमला न्यौपानेको ‘माइती नगई तीजै आएन’ नयाँ तीज गीत सार्वजनिक : भिडियो सहित
    १ हफ्ता अघि

  • ४

    थाहा नगरपालिका र मेलम्ची नगरपालिकाबीच उत्कृष्ट कार्य, अनुभव असल अभ्यास, आदान–प्रदान कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    लोकप्रिय युवा संगीतकार कमल अधिकारीको संगीतमा नयाँ तीज गीत ‘सम्झी सम्झी घर’ को भिडियो सार्वजनिक
    २ हफ्ता अघि

  • ६

    सहप्राध्यापक डा. प्रकाश तिवारीद्वारा लिखित ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण सम्पन्न
    ३ हफ्ता अघि

  • ७

    नगरप्रमुख तामाङको दृढ पहल सक्रिय नेतृत्वमा मेलम्ची नगरपालिका तीव्र परिवर्तनको दिशामा अघि बढ्दै : अन्तरवार्ता भिडियो सहित
    १ महिना अघि

  • ८

    मेलम्चीमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि “कोशेलीघर” नगरप्रमुख तामाङद्वारा उद्घाटन सम्पन्न
    १ महिना अघि

  • ९

    मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड
    १ महिना अघि

  • १०

    एक सफल बाइक मेकानिक उमेश सोनामको अभिनय क्षेत्रमा दमदार ईन्ट्री,नायिका गरिमा संग रोमान्स: हेर्नुहोस भिडियो ।
    १ महिना अघि

  • अन्य सबै
    ८ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ८ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ९ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution