कोशी
देशभर वर्षाको सम्भावना, कोशी, बागमती र गण्डकीका केही ठाउँमा भारी वर्षाको पूर्वानुमान
Chiranjivi Bhandari
काठमाडौँ, साउन ६ — हाल देशभर मौनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपासमा रहेकाले आज देशका अधिकांश भू-भागमा बदली र वर्षा हुने देखिएको छ। दिउँसो : कोशी, बागमती र गण्डकी प्रदेशसहित पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी तीन प्रदेशका एक–दुई स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ। राति : देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै अन्य पहाडी क्षेत्रहरूमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। पुनः





