पुस्तक बेचेर १६ करोड संकलन! बन्द कृषि कारखाना फेरि ब्यूँझाउँदै महावीर पुन
पुस्तक बेचेर १६ करोड संकलन !
Chiranjivi Bhandari
वीरगन्ज, साउन ५ – राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा सामाजिक अभियन्ता महावीर पुनले आफ्नै आत्मकथामूलक पुस्तक बिक्री गरेर जम्मा गरेका १६ करोड ३५ लाख रुपैयाँले वीरगन्जको दशकौंदेखि बन्द कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याइएको छ। सन् २०२१ सालमा सोभियत संघको सहयोगमा स्थापना भएको वीरगन्ज कृषि औजार कारखाना २०५९ सालदेखि पूर्ण रूपमा बन्द थियो। त्यसपछिका दुई दशक सरकारले जिम्मा लिए पनि कारखाना संचालनमा ल्याउन आवश्यक ३० करोड रुपैयाँ छुट्याउन चासो नदिएपछि महावीरले २०८० सालको पुस महिनादेखि आत्मकथा पुस्तक बेचेर रकम जुटाउने अभियान थालेका हुन्। पुनले हालसम्म ४३ जिल्लामा २ लाख १८






