काठमाडौं । आज १९ भाद्र २०८२, बिहीवारको लागि बार्है राशि अनुसारको दैनिक राशिफल यसप्रकार रहेको छ :
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक आयोजनामा सहभागी हुने अवसर प्राप्त हुनेछ। साझेदारी व्यापारमा एक्लै निर्णय नगर्नुहोला। शुभचिन्तकको साथले नयाँ योजना सफल हुनेछ।
शुभ रंग: निलो | शुभ अंक: ९
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
राजनीतिक सम्पर्कबाट निजी काम बनाउन सकिनेछ। यात्रामा आकस्मिक परिवर्तनले आर्थिक नोक्सान आउन सक्छ। नोकरी वा पेशामा सहकर्मीहरूको साथ पाइनेछ।
शुभ रंग: पहेलो | शुभ अंक: ३
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरपरिवारमा भावनात्मक स्थिति मजबुत हुनेछ। मित्रहरूको साथमा रमाइलो घुमफिर हुने योग छ। कार्यक्षेत्रमा अनुभवी व्यक्तिको सहयोगले काम समयमा सकिनेछ।
शुभ रंग: बैजनी | शुभ अंक: ३
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
घरमा अतिथिको आगमनले खुसी छाउनेछ। व्यापारिक यात्रा लाभदायक हुनेछ। जागिर वा पेशामा अधिकारी वर्गसँग राम्रो सम्बन्ध बन्नेछ।
शुभ रंग: गुलाबी | शुभ अंक: १
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
समाजमा मान प्रतिष्ठा बढ्नेछ। नयाँ रोजगारीको प्रस्ताव आउन सक्छ। धार्मिक कार्यमा व्यस्तता बढ्नेछ। परिस्थिति आफ्नो अनुकूल बन्ने सम्भावना छ।
शुभ रंग: खैरो | शुभ अंक: ९
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
स्वास्थ्यप्रति ध्यान दिनुपर्नेछ। शुभ समाचार सुन्न पाइने सम्भावना छ। निजी सम्पर्कबाट व्यावसायिक लाभ हुनेछ। कार्यक्षेत्रमा कार्यकुशलताको प्रशंसा हुनेछ।
शुभ रंग: बैजनी | शुभ अंक: १
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दुविधाको स्थितिमा निर्णय नगर्नुहोस्। अरुको भन्दा आफ्नै विवेकमा भर पर्नुहोस्। खानपानमा सावधानी अपनाउन आवश्यक छ।
शुभ रंग: सेतो | शुभ अंक: ८
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक विवाद सुल्झिने सम्भावना छ। स्वास्थ्यमा सुधार हुनेछ। साथीभाइको सहयोग अपेक्षित जस्तो नहुन सक्छ। कार्यक्षेत्रमा नयाँ योजनाहरू सफल हुनेछन्।
शुभ रंग: आकाशे निलो | शुभ अंक: ७
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सरकारी योजनाबाट लाभ लिन सकिने समय हो। सवारी साधन चलाउँदा कागजात जाँच गर्नुहोस। नयाँ निर्णयअघि आमाबाबुसँग परामर्श लिनु फाइदाजनक हुनेछ।
शुभ रंग: हरियो | शुभ अंक: २
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ काम सुरु गर्नु अघि कागजात राम्ररी जाँच गर्नुहोस्। ऋण असुल गर्न अनुकूल समय छ। वैवाहिक जीवन सुखदायी रहनेछ।
शुभ रंग: हल्का पहेलो | शुभ अंक: ३
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
कामको चापले शारीरिक थकान बढ्न सक्छ। उच्च शिक्षा वा ज्ञानवृद्धिको अवसर प्राप्त हुनेछ। सिकाइलाई निखार्ने राम्रो समय हो।
शुभ रंग: नीलो | शुभ अंक: ७
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको मेहनतले भविष्यमा लाभ र प्रतिष्ठा दिलाउनेछ। भौतिक सुविधा र सम्पत्ति जम्मा गर्ने योग छ। रचनात्मक कार्यमा संलग्न भई आफ्नो प्रतिभा प्रदर्शन गर्न सकिनेछ।
शुभ रंग: आकाशे निलो | शुभ अंक: ६
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution