काठमाण्डौ, ८ पुष । भिजिट भिसा प्रकरणमा थप एक जना ट्राभल्स सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको शनिश्चरे नगरपालिका–७ घर भएका ४५ वर्षीय विनोद कार्की रहेका छन् । कार्की ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा रहेको सिटी टुर्स एन्ड ट्राभल्सका सञ्चालक हुन् ।
नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा उनले सघाउने गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको भनाई छ । कार्कीलाई पुस ५ गते काठमाडौँको बल्खुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसर टेकु पठाइएको छ ।
भिजिट भिसामा विदेश जान लागे का युवा युवतीहरूको शङ्कास्पद कागजातसहित राहदानी असोज १७ गते देखि हाल सम्म १५१३ थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएको प्रहरीको भनाई छ । सो मध्ये २४६ कागजात नक्कली +2 को सर्टिफिकेट , श्रम स्वीकृति, नाता प्रमाणित , प्रहरी रिपोर्ट र बैंक स्टेटमेन्ट नक्कली देखिएको थियो ।
उक्त कागजातहरू बनाउने व्यक्तिहरूको पहिचान गर्ने र उक्त नक्कली कागजातका आधारमा के-कसरी विदेश पठाइने रहेछ भन्ने विषयमा अनुसन्धान गर्दा एजेन्ट , कन्सल्टेन्सी , ट्राभल्स एजेन्सीहरूले एयरलाइन्सलाई प्रतिव्यक्ति रु। १०,०००।– देखि १५,०००।– सम्म र अध्यागमनलाई प्रतिव्यक्ति रु। ४०,०००।– देखि रु। ५५,०००।– सम्म सेटिङ मिलाई विदेश पठाउने खुल्न आएको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution