काठमाण्डौ,५ माघ । ओएसनेपालको आयोजनामा वरिष्ठ कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को ३४ औं कृर्ति ‘मायाको ऐना’ गीतिएल्बम एक समारोहबीच वरिष्ठ कवि एवं गीतकार प्रा. मन्जुलद्वारा सार्वजनिक भएको छ । साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ र साहित्यकार मन्जुलको एकाइ वर्षपछिको भेट तथा एक समारोहबीच साहित्यिक कार्यक्रमको आयोजनामा उक्त एल्बम सार्वजनिक गरिएको थियो ।
विश्व चर्चित भारतीय गायक कुमार सानुको स्वरमा ”तिम्रो मायाको सागरमा पौडी रहन पाउँ
जिन्दगीभरी तिम्रै साथमा दौडी रहन पाउँ”
र गायक सुमन श्रेष्ठको स्वरमा
‘आँखैमा बस्यौ तिमी मुटुका बस्यौ मलाई मायामा पल्कायौ
पानी झैँ छलछल छल्किने तिम्रो जवानी झल्कायौ’
दुई गीत विश्व कृतिमानी चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको छ ।
‘आगो पानी सहेर अन्यायसँग लड्छौं जब’
वरिष्ठ गायक राजेश पायल राईको स्वरमा रहेको छ ।
‘तिम्रै साथ म त हिँडेको देख्छु सपनाको डगर
माया त हाम्रो जीवन हो सानू झालझेल नगर ।’
गायिका अनु चौधरी र गायक प्रताप दासको युगल स्वरमा रहेको छ ।
”गीत, संगीतको महा उत्सव ओएसम्युजिक अवार्ड
अग्रज अनि स्रष्टा सबैको सम्मान गर्ने ओएसम्युजिक अवार्ड ।”
वरिष्ठ संगीतकार राम कार्कीको संगीतमा मुस्कान राई र शान्ता कार्की लगायतको स्वरमा रहेको छ ।
एल्बम सार्वजनिक गर्नु हुँदै वरिष्ठ साहित्यकार एवं गीतकार प्रा. मन्जुलले धेरै पछिको अन्तराल अर्थात दुई दशकपछि साहित्यकार अमरसँग भेट भएको र अहिले उहाँको रचनामा रहेको एल्बम सार्वजनिक गर्दा एकदम खुशीको महसुस गरेको बताउनु भयो ।
दुई दशक अगाडि विभिन्न अनेकौं कार्यक्रमहरूमा हाम्रो भेट भएको स्मरण गर्नुहुँदै दुई दशकपछिको भेटमा पनि साहित्यकार अमर पहिले झैं साहित्य, गीत, संगीतमा निरन्तर लाग्नुभएकोमा खुशी व्यक्त गर्नु भयो । यस्तै गरि साहित्यकार एवं प्रा. सुस्मिता नेपालले एल्बम सार्वजनिक समारोहमा दुई दशक अघि उहाँ जस्तो बोल्नु हुन्थ्यो आज पनि उस्तै बोल्नु भएको र टाढाबाट पनि आवाजबाट साहित्यकार अमरलाई चिन्न सकेको र एल्बम सार्वजनिक समारोहमा सरिक भएर एल्बमको बारेमा बोल्न पाउँदा साहित्यकार अमरको उन्नति प्रगतिको कामना गर्नुभयो ।
ओएसनेपालको प्रस्तुति रहेको एल्बम सार्वजनिक समारोहमा संगीतकार सन्तोष श्रेष्ठ, फिल्म निर्देशक रोशन कुमार श्रेष्ठ, फिल्म निर्देशक प्रेम बस्याल, गायक सुर्यकमल राई लगायतले एल्बमका बारेमा आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सभापति ओएसनेपालकोतर्फबाट विवेक कार्कीले गर्नु भएको थियो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution