काठमाण्डौ, १६ बैशाख । म्युजिक भिडियो निर्देशकहरुको हक हितका लागि स्थापित नेपाल म्युजिक भिडियो निर्देशक समाजमा नयाँ कार्यसमिति चयन भएको छ । म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ मलेकुको अध्यक्षतामा नयाँ कार्यसमिति आज शनिबार निर्विरोध चयन भएको छ ।
समाजको काठमाडौंमा सम्पन्न दोश्रो अधिवेशन तथा तेश्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा दुई वर्षको लागि बबिता श्रेष्ठ मलेकु चयन भईन भने प्रथम उपाध्यक्षमा डि आर सुजन, द्धितीय उपाध्यक्षमा जनक सिंह, महासचिवमा दयाराम घिमिरे, सचिवमा प्रविण थापा, कोषाध्यक्षमा छत्रबहादुर श्रेष्ठ (काजिस) र सह कोषाध्यक्षतमा अञ्जन पुडासैनी चयन भएका छन् ।
समाजको सबै कार्यसमिति निर्विरोध चयन भएका हुन् । १५ जना पदाधिकारी रहेको नयाँ कार्यसमित सदस्यहरुमा जयदत्त भट्ट (जयराज), खमेश श्रेष्ठ, राजु श्रेष्ठ, देवेन्द्र कुँवर, राजकुमार दर्जी, सुरेन्द्र बसेल, रुद्रबहादुर बुढाथोकी (शिशिर) र संगीत सागर बुर्जा रहेका छन् । समाजको निर्वाचन अधिकृतमा चलचित्र निर्देशक ऋषी लामिछाने, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी र कानुन व्यबसायी ताराकुमार श्रेष्ठ थिए ।
म्युजिक भिडियो निर्देशक विधान कार्कीको अध्यक्षतामा यो संस्था तीन वर्ष अघि गठन भएको हो । समाजको तेश्रो साधारण सभाको उद्घाटन शनिबार बिहान नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले गरे । समारोहमा बरिष्ट म्युजिक भिडियो निर्देशक रोशन प्रताप राणालाई समाजका तर्फबाट सम्मानित गरियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् उपकुलपति शम्भु राईले संगीतको लागि म्युजिक भिडियो अपरीहार्य भएको बताउँदै म्युजिक भिडियो निर्देशकसँग नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने जनाए ।
शनिबार दिउँसो बिगठन गरिएको अघिल्लो कार्यसमितिका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डे, महासचिब सुव्रत आचार्य महासचिब सुब्रत आचार्य, सहसचिब समन अधिकारी, कार्यसमिति सदस्य गम्भिर बिष्टलगायतले समाजमा आफुहरु रहँदाको कार्य अनुभव सुनाए ।
नेपाली चलचित्रकर्मीको अन्तराष्ट्रिय समन्वय संस्थाका अध्यक्ष लभ प्याकुरेल, नेपाल चलचित्र निर्माता संघका सचिव किशन पोखरेल, समाजका सँरक्षक बाबुराज केसी, चलचित्र निर्देशक ऋषी लामिछाने, अग्रज भिडियो निर्देशक रोशन प्रताप राणाले समाजको महत्वबारे चर्चा गर्दै नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिए ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution