• हाम्रो टिम:

  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • प्रविधि
  • भिडियो
  • मनोरञ्जन
  • राजनीति
  • समाज
  • स्वास्थ्य
३ चैत्र २०८२, मंगलवार

0%

  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • भिडियो
  • युनिकोड
  • खोज
  • ताजा
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

१ हफ्ता अघि
२

सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

१ हफ्ता अघि
३

प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

१ हफ्ता अघि
४

बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

२ हफ्ता अघि
५

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

२ हफ्ता अघि
६

अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

३ हफ्ता अघि
७

धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

४ हफ्ता अघि
८

महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

१ महिना अघि
९

पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

१ महिना अघि
१०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

१ महिना अघि
११

नगरप्रमुख तामाङको प्रमुख आतिथ्यतामा ज्योति भञ्ज्याङ् आधारभूत विद्यालयको ४२ औँ वार्षिकोत्सव समारोह सम्पन्न

१ महिना अघि
१२

आगामी निर्वाचनबाट संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउने हो : सभापति गगन थापा

१ महिना अघि

धेरै पढिएका

  • १

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का

    १ हफ्ता अघि
  • २

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता

    १ हफ्ता अघि
  • ३

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा

    १ हफ्ता अघि
  • ४

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे

    २ हफ्ता अघि
  • ५

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

    २ हफ्ता अघि
  • ६

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा

    ३ हफ्ता अघि
  • ७

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता

    ४ हफ्ता अघि
  • ८

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक

    १ महिना अघि
  • ९

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे

    १ महिना अघि
  • १०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो

    १ महिना अघि
  • बंगलादेशमा भएका नेपाली विद्यार्थीहरूलाई देश नछोड्न ढाकास्थित नेपाली राजदूतावासको आग्रह

    CB Nepal१ साल अघि

    काठमाण्डौ २२ साउन | बंगलादेशमा भएका नेपाली विद्यार्थीहरूलाई दूतावाससँग समन्वय नगरी देश नछोड्न सोमबार ढाकास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ। बंगलादेशमा चिकित्साशास्त्रको अध्ययनका लागि पुगेका करिब २ हजार ६ सय नेपाली विद्यार्थीमध्ये करिब ४ सय जना अझै बंगलादेशमै रहेको दूतावासको आंकलन छ।

    नेपाली दूतावाससँगको समन्वयमा २ हजार जनाभन्दा धेरै नेपाली विद्यार्थी विगत केही साताभित्र नेपाल फर्किसकेका छन्। ढाकास्थित नेपाली राजदूत घनश्याम भण्डारीले भने अन्नपूर्णसँग कुरा गर्दै बंगलादेशमा रहेका नेपालीहरू सबै सुरक्षित रहेको बताएका छन्।

    भण्डारीले भने, ‘यहाँ करिब ४ सय हाराहारी विद्यार्थी हुनुहुन्छ। तीमध्ये धेरै अस्पतालमा कार्यरत हुनुहुन्छ। र, केही विद्यार्थीहरू हुनुहुन्छ। यदि उहाँहरू फर्किन चाहेको खण्डमा उहाँहरू दूतावाससँग सम्र्पक गरेर फर्किन सक्नुहुन्छ।’

    भण्डारीले भने, ‘राजधानी ढाकासहित बंगलादेशका अधिकांश ठाउँमा आइतबार साँझदेखि कफ्र्यु लागेको छ। कफ्र्युकै कारण दूतावासले आफू स्वतः स्फुर्त तवरले बाहिर नजान पनि र यदि निस्कनै पर्दा दूतावाससँग सम्पर्क गर्न भनेको थियो।

    ढाकास्थित नेपाली दूतावासले यात्रा निर्देशिकासम्बन्धी एक विज्ञप्ति जारी गर्दै बंगलादेशमा रहेका नेपालीहरूलाई सतर्कता अपनाउन भनेको छ। ‘सम्पूर्ण नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ।’

    नेपालबाट अधिकांश विद्यार्थीहरू एमबीबीएस अध्ययन गर्न बंगलादेशका विभिन्न सहरहरूमा पुग्ने गरेका छन्। त्यसबाहेक कृषि तथा इन्जिनियरिङ अध्ययन गर्न पनि विद्यार्थीहरू बंगलादेश पुग्ने गर्छन्। बंगलादेशमा नेपालीहरू बढी जाने भनेको ढाकाबाहेक सिलेट, चिटगोङ तथा रंगपुरसहितका सहरहरूमा पुग्ने गर्छन्।

    दूतावासले नेपाल फर्किन चाहने विद्यार्थी तथा अन्य नेपालीहरूले राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न भनेको छ। दूतावासले नेपाल फर्किने व्यवस्थाको समन्वयका लागि दुइटा टेलिफोन नम्बरसमेत सार्वजनिक गरेको छ।

    दूतावासका अनुसार नेपालीहरूले +८८०१८८०६९१०१३ वा + ८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सक्छन्। यसअघि नेपाली दूतावासले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरूलाई भारतको सडकमार्ग हुँदै नेपालको पूर्वी सीमा काँकडभिट्टासम्म ल्याउने व्यवस्था गरेको थियो। केही नेपाली विद्यार्थी हवाईमार्गबाट पनि नेपाल फर्किएका थिए।

    बंगलादेशबाट २ हजारभन्दा धेरै विद्यार्थी नेपाल फर्किसकेको दूतावासले जनाएको छ। राजदूतावासले बंगलादेशमा रहेका विद्यार्थीको अवस्थाबारे विद्यार्थी स्वयं र कलेज तथा विश्वविद्यालय प्रशासनसँग निरन्तर सम्पर्क भइरहेको जनाएको छ। बंगलादेशमा रहेका नेपालीहरू तत्काल सुरक्षा जोखिममा नरहेका भए पनि सतर्क रहन भनिएको दूतावासले जनाएको छ।

    नेपाली विद्यार्थीको सुरक्षामा खट्न ढाकास्थित दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा जारी आन्दोलनका कारण त्यहाँ रहेका नेपाली विद्यार्थीको सुरक्षामा सक्रिय रूपमा लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छन्।

    मन्त्री राणाले ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी लिँदै उनीहरूको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न निर्देशन दिएकी हुन्। बंगलादेशमा रहेका विद्यार्थीलगायत सबै नेपाली सुरक्षित रहेको बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    मन्त्री राणाले अधिकांश विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरूको सुरक्षाका लागि उनीहरूको सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूतावासलाई निर्देशन दिएकी हुन्। ढाकास्थित नेपाली दूतावासले बंगलादेशमा अनिश्चितकालीन कफ्र्यु जारी गरिएकाले त्यहाँ रहेका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र सतर्कता अपनाउन आज सूचना जारी गरेको छ।

    बंगलादेशबाट अधिकांश विद्यार्थी स्वदेश फर्किसकेका, हाल त्यहाँ करिब ४ सय विद्यार्थी रहेका र उनीहरू सुरक्षित रहेको सूचनामार्फत जानकारी गराइएको छ। नेपाल फर्कन चाहनेहरूले दूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्न आग्रह गर्दै आवश्यक समन्वयका लागि दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ। नेपालको सीमा क्षेत्रमा बढाइयो सुरक्षा सतर्कता

    बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारले सीमा क्षेत्रबाट हुने तेस्रो देशका नागरिकको सम्भावित घुसपैठलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाएको छ। अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट तेस्रो देशका व्यक्ति अनुमतिबिना प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर गृह मन्त्रालयले सुरक्षाकर्मीलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको हो।

    सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेले सीमा क्षेत्रसँग जोडिएका सबै बाहिनी मुख्यालयहरूलाई तेस्रो देशबाट गैरकानुनी रूपमा हुनसक्ने प्रवेशलगायत गैरकानुनी गतिविधिलाई सूक्ष्म रूपमा निगरानी गर्न र सोहीअनुसार सुरक्षा सतर्कता अपनाउन परिपत्र गरिएको जानकारी दिए।

    अनुमतिबिना तेस्रो देशका व्यक्ति प्रवेश गर्न सक्ने जोखिम रहेको भन्दै मन्त्रालयले त्यसलाई रोक्न सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ) लाई निर्देशन दिएको छ। बंगलादेशबाट भारत हुँदै खास गरी कोशी प्रदेशका विभिन्न जिल्लाबाट नेपाल प्रवेश गर्न सहज मानिन्छ।

    त्यसैलाई हेरेर गृह मन्त्रालयले कडाइ गरेको छ। बंगलादेशमा सत्ता र विपक्षी दलबीचको टकराव तथा पछिल्लो समय आरक्षण विरोधी विद्यार्थी आन्दोलनपछि प्रधानमन्त्री शेखर हसिनाले राजीनामा दिई देश छाडेर भारत पुगिसकेकी छन्। उक्त घटनाको असर नेपालसम्म पर्ने सक्ने अनुमान गरी नेपाल सरकारले उच्च सुरक्षा अपनाएको हो।

    प्रवक्ता न्यौपानेले भने, ‘कानुनसम्मत आउजाउमा रोकतोक छैन। बंगलादेशको पछिल्लो विकसित घटनाक्रमसँगै अनुमतिबिना नेपाल प्रवेश गर्ने जोखिमलाई हामीले सूक्ष्म रूपमा नियाली रहेका छौं। त्यसकै लागि सीमा क्षेत्रमा कुनै पनि असर नहोस् भनेर सुरक्षा सावधानी अपनाउन निर्देशन दिइएको हो। समाचार अन्नपुर्णपोस्ट बाट

    हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि info@cbnepal.com मा इमेल पठाउन सक्नुहुन्छ ।
    सम्बन्धित पोस्ट
  • प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
  • सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
  • प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
  • बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
  • प्रतिक्रिया दिनुहोस

    नयाँ खबर
  • १

    प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको ऐतिहासिक अग्रताले राजनीतिमा तहल्का
    १ हफ्ता अघि

  • २

    सर्लाही क्षेत्र नम्बर ४ मा (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहको अग्रता
    १ हफ्ता अघि

  • ३

    प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा
    १ हफ्ता अघि

  • ४

    बालेन शाहले एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरे
    २ हफ्ता अघि

  • ५

    मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्
    २ हफ्ता अघि

  • ६

    अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउछौँ, कार्यालयलाई नागरिक केन्द्रित बनाउछौ : सभापति गगन थापा
    ३ हफ्ता अघि

  • ७

    धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौँ फिर्ता
    ४ हफ्ता अघि

  • ८

    महाशिवरात्रिको अवसरमा गायिका रुचि घिमिरे र गायक दीपक रमणको शिव भजन ‘जय भोलेबाबा’ भिडियो सार्वजनिक
    १ महिना अघि

  • ९

    पुष्पकमल दाहाल प्रचण्डले २१ फागुनको निर्वाचनमा आफ्नो दलको राम्रो नतिजा आउने देखिएको दाबी गरे
    १ महिना अघि

  • १०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला सङ्गठन प्रमुख रिखिराम भट्टराईलाई प्रहरीले पक्राउ गर्यो
    १ महिना अघि

  • अन्य सबै
    २ महिना अघि

    ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारे

    श्रमिकहरुकाे हक हितका लागि नगरपालिका सदैव सकारात्मक छ : नगरप्रमुख आइतमान तामाङ

    ३ महिना अघि

    धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भयावहको स्थिति

    ३ महिना अघि

    © Gold & Silver Rates Nepal

    • अध्यक्ष/प्रबन्धक निर्देशक

      चिरन्जिबी भण्डारी
    • प्रधान सम्पादक

      जोहन श्रेष्ठ
    • सुचना विभाग दर्ता नं.

      २९२०-२०७८/७९
    • प्रेस काउन्सिल सुची दर्ता नं

      २९३३
    • ९८४७४२५२६०/९८२३०८०६२५

      chiranjivi027@gmail.com

    • Address:

      काठमाडौँ -१० ,बागमती
    • 2021 - 2026 cbnepal.com

      Designed by: Goji Solution