काठमाण्डौ,२४ साउन । पाँचपोखरी जोड्ने सडक सुचारु गराउँदै मेलम्ची नगरपालिका । जनै पुर्णिमाको अवसरमा लाग्ने पाँचपोखरी मेलामा आउने तिर्थयात्रीलाई लक्षित गर्दै मेलम्ची नगरपालिकाले दुई महिनादेखि अवरुद्ध मेलम्ची तिपेनी सडक सुचारु गराउन थालेको छ ।
पाँच पोखरी मेलामा विभिन्न स्थानबाट आउने यात्रुको सहजतालाई ध्यान दिंदै मेलम्ची नगरपालिकाले अवरुद्ध सडक मर्मत गरेर सुचारु गराउन लागेको हो । मेलाका तिर्थ यत्राुसँगै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका बासिन्दालाई समेत आवागमनमा सहज बनाउन झण्डै दुई महिनादेखि अवरुद्ध सडक सुचारु गराउन लागिएको नगर प्रमुख आइतमान तामाङले बताउनुभयो ।
गत असार १ गते र त्यासपछि आएको बाढि र पहिरोका कारण कटान हुँदा मेलम्ची तिपेनी भोताङ सडक ठाउँ ठाउँमा अवरुद्ध छ । सडक अवरुद्ध हुँदा मेलम्ची हुदै पाँचपोखरी जाने यात्रुहरुलाई असुविधा हुने भएकाले तत्काल ट्रयाक खोलेर आवागमन सहज बनाउन लागिएको नगर प्रमुख तामाङले जानकारी दिनुभयो ।
पहिरो गएको स्थान मेलम्ची–९ स्थित मकैबारी पुगेर प्रमुख तामाङले यथाशिघ्र मेलम्चीबाट खाल्डे खोलासम्मको सडक सुचारु गराउन निर्देशन दिनुभएको छ । यस अघि नगरपालिकाले मेलम्ची, ज्यामिरे, सुनखानी, रातमाटा, खाल्डेखोला सडक मर्मत गरी पाँचपोखरी थाङ्पाल आवत जावत गर्ने बैकल्पिक मार्ग निर्माण गरेको थियो ।
सडक मर्मतका लागि प्रमुख तामाङ, उपप्रमुख उमा प्रधान प्राविधिकसहितको टोली लिएर पहिरोस्थल पुगेका थिए । यसअघि पनि पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आग्रहमा स्थलगत अवलोकनपछि प्रमुख तामाङले बैकल्पिक मार्ग मर्मत गर्न निर्देशन दिएका थिए । खाल्डे खोला सम्म सडक सहज भएपछि यात्रुले लाँगर्चे हुँदै आवत जावत गर्न पाउनेछन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution