काठमाण्डौ, ४ कार्तिक । ललितपुरको ललितपुर महानगरपालिका -१५, सातदोबाटो चोक नजिक बस पकेटमा रोकिराखेको यात्रुवाहक बसमा आगलागी भएको छ । शनिबार साँझ ०४:४५ बजेतिर रोकिएको चक्रपथमा चल्ने महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको छ ।
आगलागी भएको केही समयमा नै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा एसपी नवरत्न पौडेलले जानकारी दिए । पौडेलले भने,‘आगलागी भएलगत्तै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
बस पूर्ण रूपमा जलेको छ, मानवीय क्षति भएको छैन । बसको तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त बसमा अचानक आगलागी भएपछि प्रहरी टोली र ललितपुर महानगरपालिकाका २ वटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो ।
आगलागी भएको १५ मिनेटमा नै नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको, तर बसको भित्रीभाग जलेर ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ । आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution