काठमाण्डौ ७ चैत्र । विहिबार देखि सुरु भएको एसईई (माध्यमिक शिक्षा परीक्षाको मेलम्ची नगरप्रमुख श्री आइतमान तामाङज्यूले नगरपालिकामा संचालित एसईई (माध्यमिक शिक्षा परीक्षा) २०८१ को परीक्षा केन्द्रहरूको निरीक्षण गर्नुभयो।
उपप्रमुख श्रीउमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत श्री निमेष मिश्र र शिक्षा अधिकृत श्री सुदिनराज बुढाथोकी सहितले गरेको निरीक्षणको क्रममा प्रमुख तामाङले परीक्षा सञ्चालनका व्यवस्थाहरूको अवलोकन गर्दै परीक्षार्थीहरूलाई आवश्यक सुविधा र सुरक्षाको सुनिश्चितता सम्बन्धी जानकारी लिनु भएको थियो।
परीक्षा केन्द्रहरूमा परीक्षा निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको समेत बताउनु भयो। साथै परीक्षार्थीहरूलाई शान्त मनले परीक्षा दिन प्रेरित गर्नुहुँदै भन्नुभयो: तपाईंहरू सबैले मेहनतपूर्वक अध्ययन गर्न र आत्मविश्वासका साथ परीक्षा दिन आग्रह गर्नु भयो ।
साथै, परीक्षा केन्द्रका केन्द्राध्यक्ष, निरीक्षक, शिक्षक, सुरक्षाकर्मी, तथा सम्पूर्ण व्यवस्थापन टोलीलाई परीक्षालाई मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गराउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो। नगरपालिका प्रशासनले परीक्षार्थीहरूको सुविधा र परीक्षा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन निरन्तर सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution