


काठमाडौँ, २२ असार । साझा यातायातमा आबद्ध चालक, सहचालक र कर्मचारीको निःशुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ काठमाडौँ शाखाका सभापति हुकुमप्रसाद पोखरेलका अनुसार शिविरमा एक सय ७९ जनाको आँखा परीक्षण गरिएको थियो । आँखा परीक्षण गरिएकामध्ये १५ जनालाई दृष्टिदोषको समस्या देखिएको थियो ।
समस्या देखिएकाहरूलाई औषधि, नजिकको चश्मा र कालो चश्मासमेत निःशुल्क वितरण गरिएको थियो । उहाँले भन्नुभयो, “ एउटा चालकको आँखाले सयौँ यात्रुको आँखाको प्रतिनिधित्व गर्छ । चालकको आँखा परीक्षणले दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्दछ ।
सो आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा मनिषा श्रेष्ठ र दीपा खड्काको नेतृत्वमा स्वास्थ्यकर्मीले आँखा जाँच शिविरमा सेवा पुर्याएका थिए । नेपाल नेत्रज्योति सङ्घले आफ्नो स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा सङ्घका २८ आँखा अस्पताल, दुई सय २४ उपचार केन्द्र र ४५ जिल्ला शाखा सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी चार करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छभने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको जनाएको छ ।
हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा फेसबुक पेज र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |








अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
chiranjivi027@gmail.com
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2026 cbnepal.com
Designed by: Goji Solution