तेह्रथुम, साउन १७ – संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको यात्रुबाहक बस शनिबार बिहान तेह्रथुममा दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
धर्मदेवी नगरपालिका–९ मूलगाउँबाट छुटेको बा २ ख ७२४४ नम्बरको बस तेह्रथुमको लालीगुराँस नगरपालिका–१ टुटे देउरालीमा अनियन्त्रित भई दुर्घटना भएको हो। बसमा करिब दुई दर्जन यात्रु सवार थिए।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार, दुर्घटनामा धर्मदेवी नगरपालिका र आसपास क्षेत्रका १४ जना यात्रु घाइते भएका छन्। तीमध्ये केहीलाई सामान्य चोटपटक लागेको छ भने अन्यलाई थप उपचारका लागि धरान रेफर गरिएको छ।
गम्भीर घाइतेलाई धरान रेफर
तेह्रथुमको वसन्तपुर अस्पतालमा प्रारम्भिक उपचार गराइएका गम्भीर घाइतेहरू सविन विष्ट, अश्विन भारती, रत्नमाया कटुवाल र दल बहादुर कार्कीलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (घोपा क्याम्प) पठाइएको प्रहरीले जानकारी दिएको छ।
घटनामा घाइते भएका अन्य यात्रुहरूमा मनकुमार कटुवाल, श्रीमान तामाङ, सुजन कटुवाल, प्रतिमा तामाङ, सोममाया थायुम, धनमाया चापागाईं, विष्णु कटुवाल, भवानी कार्की, हिरा भारती र बिमल विश्वकर्मा रहेका छन्।
चालक फरार, प्रहरी खोजीमा
दुर्घटनापछि बसका चालक खेम महत, संखुवासभा धर्मदेवी–६ निवासी, फरार रहेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको छ।
स्थानीय र उद्दार टोली सक्रिय
दुर्घटनापछि स्थानीयवासी र प्रहरीको सक्रियतामा उद्दार कार्य गरिएको थियो। प्रहरीका अनुसार सडक चिप्लो, मोडको जोखिम र सम्भवतः लापरवाहीपूर्ण ड्राइभिङ दुर्घटनाको कारण हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
बस कहाँबाट कसरी अनियन्त्रित भयो भन्ने विषयमा थप अनुसन्धान जारी रहेको डिएसपी लीलाराज लामिछानेले जानकारी दिए।
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2025 cbnepal.com
Designed by: Goji Solution