काठमाडौं,८ असार । काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधार भएको दाबी काठमाडौं महानगरपालिकाले गरेको छ । मेयर बालेन शाहले काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधार आएको भन्दै विगतको तुलनामा जाममा बस्नुपर्ने समय ५ मिनेट छोटिएको दाबी गरेका हुन् ।
आर्थिक वर्ष २०७९/८० को रिपोर्ट कार्ड प्रस्तुत गर्दै उनले यसलाई महानगरको उपलब्धि मानेका छन् । १ लाख ८० हजार ७५६ वर्गफिट कालोपत्रे सडकबाट पार्किङ हटाइएको, १६ हजार ७५७ वटा अनधिकृत पार्किङ गरिएको सवारी नियन्त्रणमा लिइएको,।
२३१ वटा वर्कसपलाई कारबाही गरिएको, १ हजार २० ठाउँको सडक अतिक्रमण हटाउने कार्यलाई मेयर शाहले महानगरको उपलब्धि मानेका छन् । जथाभावी फोहोर फाल्ने २९३ जनालाई कारवाही गरिएको,। २७० ठाउँमा आगलागी नियन्त्रण गरिएको, १६ हजार ५७० वटा अनधिकृत संरचना हटाइएको,।
१८ हजार ९८३ होर्डिङ बोर्ड हटाउने कार्यलाई पनि उनले आफ्नो उपलब्धि मानेका छन् । ८५ हजार ५३८ वर्गफिट अन्य प्रयोजनमा भएको भूमिगत क्षेत्रलाई पार्किङमा रुपान्तरण गरेको दाबी पनि मेयर शाहले गरेका छन् ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |
अध्यक्ष/प्रबन्धक निर्देशक
चिरन्जिबी भण्डारीप्रधान सम्पादक
जोहन श्रेष्ठसुचना विभाग दर्ता नं.
२९२०-२०७८/७९प्रेस काउन्सिल सुची दर्ता नं
२९३३९८४७४२५२६०/९८२३०८०६२५
Address:
काठमाडौँ -१० ,बागमती2021 - 2024 cbnepal.com
Designed by: Goji Solution